लेख विवरण

आइसिसी टी–२० विश्वकप : नेपालका ४ ब्याट्सम्यान प्याभेलियन फर्किए

आइसिसी टी–२० विश्वकप : नेपालका ४ ब्याट्सम्यान प्याभेलियन फर्किए

काठमाडौंँ । टी–२० विश्वकप २०२४ को सातौं खेल नेपाल र नेदरल्याण्ड्सबीच हुँदैछ । डलासको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको थियो । नेपालले १० ओभरमा ४ विकेट गुमाएर ५३ रन बनाएको छ । कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह अहिले क्रिजमा छन् ।

अनिल साह ११, कुशल मल्ल ९, कुशल भुर्तेल ७ र आसिफ शेख ४ रन बनाएर आउट भए । नेदरल्याण्ड्सका टिम प्रिन्गलले दुई विकेट लिए । पल भान मिकेरेन र लोगान भान बेकले एक–एक विकेट लिए ।

दुवै टोलीको प्लेइङ ११ :

नेपाल : रोहित कुमार पौेडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल ।

नेदरल्यान्ड्स : स्कट एडवर्ड्स (कप्तान), माइकल लेविट, म्याक्स ओडाउड, विक्रमजीत सिंह, बेस डी लिड, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, लोगन भान बीक, टिम प्रिङ्गल पॉल वैन मीकेरेन र विवियन किंगमा।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.