आइसिसी टी–२० विश्वकप : नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दियो
काठमाडौंँ । टी–२० विश्वकपको सातौं खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डलासको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको थियो ।
नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो ।नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।
नेदरल्याण्डका लागि टिम प्रिन्गल र लोगान भान बेकले समान ३–३ विकेट लिए । पल भान मिकरेन र बास डी लीडेले समान २–२ विकेट लिए ।
पावरप्लेमा खराब सुरुवातपछि मध्य ओभरमा पनि नेपाली टोली कमजोर देखियो । टोलीले मध्य १० ओभरमा ५ विकेट गुमाएर ५५ रन बनाएको थियो । १६ ओभरपछि टोलीको स्कोर ८४/७ थियो।
टस हारेर ब्याटिङ गरेको नेपालको सुरुवात खराब रह्यो । टोलीले पहिलो ६ ओभरमा २९ रन बनाएर दुई विकेट गुमाएको थियो । टोलीका ओपनर कुशल भुर्तेल ७ र आसिफ शेख ४ रन बनाएर प्याभिलियन फर्किए ।
दुवै टोलीको प्लेइङ ११ :
नेपाल : रोहित कुमार पौेडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल ।
नेदरल्यान्ड्स : स्कट एडवर्ड्स (कप्तान), माइकल लेविट, म्याक्स ओडाउड, विक्रमजीत सिंह, बेस डी लिड, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, लोगन भान बीक, टिम प्रिङ्गल पॉल वैन मीकेरेन र विवियन किंगमा।

टिप्पणी लेख्नुहोस्