लेख विवरण

आइसिसी टी–२० विश्वकप : नेपालको सातौं विकेट पतन, कप्तान रोहित पौडेल ३५ रन बनाएर आउट

आइसिसी टी–२० विश्वकप : नेपालको सातौं विकेट पतन, कप्तान रोहित पौडेल ३५ रन बनाएर आउट

काठमाडौंँ । टी–२० विश्वकप २०२४ को सातौं खेल नेपाल र नेदरल्याण्ड्सबीच हुँदैछ । डलासको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको थियो । नेपालले १६ ओभरमा ७ विकेट गुमाएर ८४ रन बनाएको छ । गुलशन झा र करण केसी अहिले क्रिजमा छन् ।

कप्तान रोहित पौडेल ३५, सोमपाल कामी ०, दीपेन्द्र सिंह ऐरी १, अनिल साह ११, कुशल मल्ल ९, कुशल भुर्तेल ७ र आसिफ शेख ४ रन बनाएर आउट भए । नेदरल्याण्ड्समा टिम प्रिन्गलले ३ विकेट लिए । पल भान मिकरेनले २ विकेट लिए । लोगान भान बेक र बेस डी लीडेले पनि एक एक विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको नेपालको सुरुवात खराब रह्यो । टोलीले पहिलो ६ ओभरमा २९ रन बनाएर दुई विकेट गुमाएको थियो । टोलीका ओपनर कुशल भुर्तेल ७ र आसिफ शेख ४ रन बनाएर प्याभिलियन फर्किएका थिए ।

दुवै टोलीको प्लेइङ ११ :

नेपाल : रोहित कुमार पौेडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल ।

नेदरल्यान्ड्स : स्कट एडवर्ड्स (कप्तान), माइकल लेविट, म्याक्स ओडाउड, विक्रमजीत सिंह, बेस डी लिड, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, लोगन भान बीक, टिम प्रिङ्गल पॉल वैन मीकेरेन र विवियन किंगमा।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.