लेख विवरण

आइसिसी टी–२० विश्वकप : नेपाल नेदरल्याण्ड्ससंग ६ विकेटले पराजित

आइसिसी टी–२० विश्वकप : नेपाल नेदरल्याण्ड्ससंग ६ विकेटले पराजित

काठमाडौंँ । आइसिसी टी–२० विश्वकपमा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । टोलीले नेपाललाई ६ विकेटले पराजित गरेको हो । १९ औं ओभरमा अविनाश बोहराको चौथो बलमा म्याक्स ओडाउडले चौका प्रहार गर्दै नेदरल्याण्ड्सलाई जित दिलाए ।

डलासको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो। नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १०७ रनको लक्ष्य पुरा गर्यो । टोलीका लागि म्याक्स ओडाउडले ४८ बलमा ५४ रनको अविजित इनिङ खेले । उनले चार चौका र एक छक्का प्रहार गरे । विक्रमजीतले २२ रन र साइब्रान्ड एङ्गेलब्रेचले १४ रनको योगदान दिए । नेपालका सोमपाल कामी, दीपेन्द्र एरी र अविनाश बोहराले एक–एक विकेट लिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको इनिङ खेले, अनिल साहले ११ रन बनाए । नेदरल्याण्ड्सका टिम प्रिन्गल र लोगान भान बेकले समान ३–३ विकेट लिए । पल भान मिकरेन र बास डी लीडेले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच टिम प्रिन्गल भए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.