लेख विवरण

टी–२० विश्वकपमा भारतले आयरल्याण्डलाई हरायो

टी–२० विश्वकपमा भारतले आयरल्याण्डलाई हरायो

काठमाडौंँ । टी–२० विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएको छ । न्युयोर्कको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रोहित शर्माले टस जितेर बलिङ रोजेका थिए ।

आयरल्याण्डलाई भारतीय बलरले ९६ रनमा अलआउट गरे । त्यसपछि ब्याट्सम्यानले १३ औं ओभरमा लक्ष्य पछ्याएका थिए । रोहित शर्माले अर्धशतक बनाए ।

रोहित शर्माले ३ कीर्तिमान बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ६०० छक्का, कम बलमा ४ हजार रन र टी–२० विश्वकपमा एक हजार रन।

पहिलो ओभरमा गरेको गल्ती आयरल्यान्डको टोलीलाई महँगो भयो जब बलबर्नीले स्लिपमा रोहित शर्माको क्याच छोडे।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.