आइसिसी टी–२० विश्वकप : नेपालका लागि ऐरीले लिए दोस्रो विकेट
काठमाडौंँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको सातौं खेल नेपाल र नेदरल्याण्ड्सबीच डलासमा हुँदैछ । नेपालले नेदरल्याण्ड्सलाई जितका लागि १०७ रनको लक्ष्य दिएको छ । जवाफमा नेदरल्याण्ड्सले ९ ओभरमा २ विकेट गुमाएर ४६ रन बनाएको छ ।
विक्रमजीत सिंह (२३ रन) लाई दीपेन्द्र सिंह ऐरेले एलबीडब्लू धरापमा पारे । माइकल लेभिट (१ रन) सोमपाल कामीको शिकार बने ।
यसअघि ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा १०६ रन बनायो । टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । नेदरल्याण्डका लागि प्रिन्गल र लोगान भान बेकले ३–३ विकेट लिए । पल भान मिकरेन र बास डी लीडेले २–२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्