आइसिसी टी–२० विश्वकप : नेदरल्याण्ड् विरुद्धको खेलमा दिपेन्द्र सिंह ऐरीले बनाए नयाँ किर्तिमान
काठमाडौंँ । टी–२० विश्वकपको सातौं खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डलासको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको थियो ।
नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।
जारी खेलमा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले नयाँ किर्तिमान बनाएका छन् । उनी नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक क्याच लिने खेलाडी बनेका छन् । ब्याटिङ पछि बलिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिए । उनले नेदरल्याण्ड्सका ओपनर माइकल लेविटलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट बनाए । यस क्रममा दिपेन्द्रले टी–२० क्रिकेटमा २९ औं क्याच आउट पुरा गरे । यसअघि यो किर्तिमान कुशल भुर्तेलको नाममा थियो । भुर्तेलले अहिलेसम्म २८ क्याच लिएका छन् ।

टिप्पणी लेख्नुहोस्