आइसिसी टी–२० विश्वकप : अविनाश बोहराले एडवर्ड्सलाई गरे बोल्ड
काठमाडौंँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको सातौँ खेलमा नेपाल र नेदरल्यान्ड्सबीच डलासमा प्रतिस्पर्धा हुँदैछ । नेपालले नेदरल्याण्ड्सलाई जितका लागि १०७ रनको लक्ष्य दिएको छ । जवाफमा नेदरल्याण्ड्सले १५.२ ओभरमा ४ विकेट गुमाएर ८० रन बनाएको छ ।
नेपालका अविनाश बोहराले नेदरल्यान्ड्सका स्कट एडवर्ड्स (५ रन) लाई बोल्ड गरेका छन् । साइब्रान्ड एंगेलब्रेच (१४ रन) लाई सोमपाल कामीले रनआउट बनाए । विक्रमजीत सिंह (२३ रन) लाई दीपेन्द्र सिंह ऐरेले एलबीडब्लू धरापमा पारे भने माइकल लेभिट (१ रन) सोमपाल कामीको शिकार बने ।
यसअघि ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा १०६ रन बनायो । टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । नेदरल्याण्डका लागि प्रिन्गल र लोगान भान बेकले ३–३ विकेट लिए । पल भान मिकरेन र बास डी लीडेले २–२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्