लेख विवरण

अनुसा ‘योङ ओलम्पिक एम्बेसडर’ सम्मेलनमा भाग लिंदै

अनुसा ‘योङ ओलम्पिक एम्बेसडर’ सम्मेलनमा भाग लिंदै

काठमाडौंँ । बास्केटबल खेलाडी अनुसा मल्लले ग्रिसको ओलम्पियामा हुने ६४ औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिने भएकी छिन् । महोत्सवमा समाजमा खेलाडीको भूमिकाबारे छलफल हुनेछ । त्यस क्रममा खेलाडीले ओलम्पिक मूल्य र मान्यताबारे बुझ्ने छन् ।

यस्तै अन्य सहभागीलाई नेपालको खेलकुदको स्थितिबारे जानकारी दिने छिन् । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक समारोहबीच अनुशालाई बिदाइ गरे ।

कार्यक्रम जुन ८ देखि २१ सम्म हुनेछ र यसमा विश्वभरीका २०–४० वर्षका युवा खेलाडीको सहभागिता रहनेछ । ओलम्पिकको सुरुआत ग्रिसबाट भएको इतिहास छ र आधुनिक ओलम्पिकको पहिलो संस्करण ग्रिसमै सन् १८९६ मा भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.