लेख विवरण

अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र स्ट्राइकरलाई ट्रफी प्रदान गरिने छ ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल जेठ ३२ गते हुनेछ । पहिलो संस्करणको उपाधि नोब्सले जितेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.