लेख विवरण

टी–२० विश्वकपमा वार्नरले तोडे् गेलको किर्तिमान

टी–२० विश्वकपमा वार्नरले तोडे् गेलको किर्तिमान

काठमाडौंँ । वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले टी–२० क्रिकेटमा धेरै ठूला किर्तिमानहरु बनाएका छन् । तर जारी टी–२० विश्वकपमा क्रिस गेलको ठूलो किर्तिमान तोडिएको छ । क्रिस गेलको नाममा विगत केही वर्षदेखि यो किर्तिमान रहेको यो । गेलको किर्तिमान अष्ट्रेलियाका डेभिड वार्नरले तोड्न सफल भएका छन् । डेभिड वार्नरले क्रिस गेललाई पछि पार्दै टी–२० क्रिकेटमा इतिहास रचेका छन् ।

जारी टी–२० विश्वकपमा अस्ट्रेलिया र ओमानबीच भएको खेलमा डेभिड वार्नरले ठूलो उपलब्धि हासिल गरेका छन् । उनले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए । टी–२० क्रिकेटमा डेभिड वार्नरले ५० भन्दा बढी रन बनाएको १ सय ११ औं पटक हो । योसँगै उनी टी–२० क्रिकेटमा सर्वाधिक ५० भन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन् । यसअघि यो किर्तिमान क्रिस गेलको नाममा थियो । क्रिस गेलले १ सय १० पटक ५० भन्दा बढी रन बनाएका छन् ।

क्रिस गेलले टी–२० क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान पनि बनाएका छन् । यस्तै डेभिड वार्नरले सर्वाधिक अर्धशतक बनाएका छन् । क्रिस गेलले ११० पटक ५० भन्दा बढी रन बनाउने क्रममा २२ शतक र ८८ अर्धशतक बनाएका छन् । यस्तै डेभिड वार्नरले १११ पटक ५० भन्दा बढी रन बनाउने क्रममा १०३ अर्धशतक र आठ शतक बनाएका छन् । डेभिड वार्नर टी–२० क्रिकेटमा १०० अर्धशतक बनाउने एक मात्र ब्याट्सम्यान हुन् । यो पारीपछि उनी अस्ट्रेलियाको सर्वाधिक टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.