लेख विवरण

ज्ञान निकेतन, एनसीसीएस र एआईए च्याम्पियन

ज्ञान निकेतन, एनसीसीएस र एआईए च्याम्पियन

काठमाडौंँ । ज्ञान निकेतन, एनसीसीएस र आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, एनसीसीएस सिनियर गर्ल्स र एआईए जुनियर ब्वाइजमा च्याम्पियन बने ।

सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले सनसाइनलाई १२–१० ले पराजित ग¥यो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसीसीएले रोज बडलाई ८–४ ले हरायो । शंखमूलस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा एआईएले ज्ञान निकेतनमाथि ८–४ को जित दर्ता ग¥यो ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका महेन्द्र प्याकुरेल, सिनियर गर्ल्समा एनसीसीएसकी दिभा महर्जन र जुनियर ब्वाइजमा एआईएका दिक्षान्त ठकुरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एआईए, सिनियर गर्ल्समा इनोभेटिभ र जुनियर ब्वाइजमा काठमाडौं जेभियरले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई बागमती प्रदेशका सांसद् सुरजचन्द्र लामिछाने, एआईएका प्रबन्ध निर्देशक विष्णु अर्याल, एआईएका प्रिन्सिपल विमल घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा २४ र जुनियर ब्वाइजमा १६ टिम सहभागी थिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.