लेख विवरण

स्वप्नील र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि

स्वप्नील र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि

काठमाडौ । ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समुहमा स्वप्नील भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक प्ले स्क्रयाच फरम्याटमा भएको २१ वर्ष उमेर समुहमा स्वप्नील भट्टराईले प्रकृत तामाङलाई एक स्ट्रोकले हराउँदै पहिलो स्थान हात पारे। उनले ७–ओभर ७५ स्कोर गरे। ८–ओभर ७६ सहित प्रकृत दोस्रो भए। १२–ओभर ८० सहित सुशान्त कडेंल तेस्रो भए ।

महिला यु–२१ तर्फ ८७ स्कोरका साथ आइसटिना टण्डनले स्वर्ण पदक हात पारिन। अनभद्या मल्लले रजत र अवानी राईले कास्य पदक हात पारे ।

पुरूष १३ देखि १६ वर्ष सम्मको उमेर समुहमा जयबीर आचार्यले पहिलो स्थान प्राप्त गरे। कूल १२–ओभर ८० खेलेका उनले ईदान्त सिंह साउदलाई ६ स्ट्रोकले हराए। ८६ स्कोर सहित ईदान्त दोस्रो र ८९ खेलेका सोहम अग्रवाल तेस्रो भए।

पुरूष १० देखि १२ वर्ष उमेर समुहमा आरोह न्यौपाने पहिलोे र आर्यब शाह दोस्रो भए। नौ होलको प्रतिस्पर्धामा आरोहले ४७ र आर्यबले ५५ स्कोर गरे ।

नेपाल गल्फ संघ र रोयल नेपाल गल्फ संघद्वारा सम्युक्त रुपमा आयोजित एक दिने प्रतियोगितामा कुल २४ खेलाडीको सहभागीता रहेको थियो।

विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य टासी घले, नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ संघका क्याप्टेन मिथुन राई र लेडि क्याप्टेन आर्सीया बानुले पुरस्कार वितरण गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.