तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।
विराटनगरको शहिद मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । जितको लागि ग्यालेक्सीका निर्णायक गोल निरज चौधरीले गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।
सोही दिन भएको दोस्रो खेललमा मोर्डन एरालले सनसाइन स्कुललाई २–० गोलले हरायो । जितको लागि अमन माझीले दुई गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको आइतबारको पहिलो खेल गोदावरी र सगरमाथा स्कुलबीच र दोस्रो खेल सेन्ट जोसेफ र डिपिएस स्कुलबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्