लेख विवरण

एन्जल्स हार्ट कपमा हिमरश्मि विजयी

एन्जल्स हार्ट कपमा हिमरश्मि विजयी

काठमाडौंँ । हिमरश्मिले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गर्ल्समा मंगलबार जित हात पारेको छ ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्ट स्कुलको कोर्टमा हिमरश्मिले किङडमलाई २५–१८ ले पराजित ग¥यो । हिमरश्मिकी निमा तामाङले ८ अंक जोडिन् ।

जुनियर ब्वाइजमा किङडमले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३२–२५, एन्जल्स हार्ट ‘ए’ ले जेबीलाई २१–१५, सेबले जीवन ज्योतिलाई २३–२०, ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २०–१६, गोल्डेनपिकले हिमरश्मिलाई २३–१८, लालीगुराँस नेसनल एकेडेमीले न्युटनलाई २५–२० र एन्जल्स हार्ट ‘बी’ ले फ्लोरोसेन्टलाई १५–१४ ले हराए । किङडमका जिग्मे लामाले १५, एन्जल्स हार्ट ‘ए’ का रुपेश पौडेलले १०, सेबका जीवन खत्रीले ७, ग्रिनल्यान्डका विशाल केसीले ८, गोल्डेन पिकका मिङमार शेर्पाले ५, लालीगुराँसका अरुण लामाले ७ र एन्जल्स हार्ट ‘बी’ का विवस वाइबाले ५ स्कोर गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.