सेन्ट जेभियर्स र दीक्षालयलाई उपाधि
काठमाडौंँ । सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११ औं कीर्तिपुर कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । सेन्ट जेभियर्स ब्वाइज तथा दीक्षालय गर्ल्समा च्याम्पियन बने ।
कीर्तिपुर बास्केटबल संघ, नयाँ बजार र युनिक युनाइटेड ग्रुपद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेन्ट जेभियर्सले ज्ञान निकेतनलाई ६९–४२ ले पराजित ग¥यो ।
कीर्तिपुरस्थित कभर्डहलमा भएको गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले रिब्सलाई २५–२३ को झीनो अन्तरले हरायो । निर्धारित समयको खेल २१–२१ को बराबरीमा टुंगिएको थियो ।
प्रतियोगिताको ब्वाइजमा सेन्ट जेभियर्सका शुभम् सैंजु र गल्र्समा दीक्षालयकी दीपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा २६ तथा गर्ल्समा १५ टिमले प्रतिस्पर्धा गरेको आयोजक मध्येका एक कीर्तिपुर बास्केटबल संघका अध्यक्ष ससिर महर्जनले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्