लेख विवरण

प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो ।

जितसंगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता डिपिएसले नगद ११ हजार रुपैयाँमा चित्त बुझायो । जितको लागि मोर्डन एराका अमन माझीले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको तेस्रो विराटनगर १३ स्थित गोदावरि स्कुल भयो ।

मोर्डन एराका रोसित राइ खेलको प्लेर अफ द म्याच घोषित भए । बेस्ट मिट फिल्डर डिपिएसका जेनिल विष्ट, बेस्ट गोलकिपर मोर्डन एराका रोनक राजधामि, बेस्ट कोच मोर्डन एराका सन्दिप भट्टराई, बेस्ट फिल्डर मोर्डन एराका अमन माझी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डिपिएस स्कुलका आयुष सहनी घोषित भए । त्यसैगरी ईमर्जिङ प्लेयरमा सिद्धार्थ स्कुलका प्रवेश राई र हाइस्कोर डिपिएस स्कुलका इमोन खवास भए ।

बिजता हुने खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सल्लाहकार सावित्रा कुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्यीय रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.