लेख विवरण

भ्याली पब्लिकको दुवै टोली फाइनलमा

भ्याली पब्लिकको दुवै टोली फाइनलमा

काठमाडौं । भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले टीआईएलाई २७–१५ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले १० अंक योगदान गरिन् । दृष्य गुरुङको १० अंक सहयोगमा भ्याली पब्लिक ‘बी’ ले ग्रिनल्यान्डलाई २७–२४ ले हरायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्ट र किङडम उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले ग्रिनफिल्डलाई २६–१८ ले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १४ अंक जोडे । किङडमले सेबको चुनौती २८–२० ले पन्छायो । किङडमका जिग्मे लामाले १४ स्कोर गरे । फाइनल आइतबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.