लेख विवरण

हिसान बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

हिसान बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

काठमाडौं । शनिबारदेखि सुरु भएको प्रथम हिसान तारर्केश्वर एसइइ कप थ्री एक्स थ्री छात्र बास्केटबलमा सेमिफाइनलमा समीकरण पूरा भएको छ ।

सेमिफाइनल पूर्णिमा र श्री युवा तथा टाइम आउट नेपाल र वे टु गेटबीच हुनेछ । क्वाटरफाइनलमा पूर्णिमाले दि इन्फिनिटीलाई १६–११, श्री युवाले एन्जल्स हार्ट ‘बी’ लाई १२–५, टाइम आउटले बफेलोलाई १६–६ र वे टु गेटले एसापलाई १२–७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । आइतबार सम्पन्न हुने नकआउट प्रतियोगितामा ५० टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.