लेख विवरण

राष्ट्रिय स्केटबोर्ड अर्को साता

राष्ट्रिय स्केटबोर्ड अर्को साता

काठमाडौँ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप यही असार १४ र १५ मा हुने भएको छ ।

दुईदिने  टोखा नगरपालिका ३ मा रहेको  स्केटर्स नेपाल स्केट पार्कमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

प्रतियोगितामा ३०० पुरुष र १५० जना महिलाको सहभागिता रहने संघका महासचिव सत्य थापाले जानकारी गराए ।

प्रतियोगिता स्केटबोर्ड खेल अन्तर्गत स्ट्रीट फ्रि स्टाईलमा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाईने अध्यक्ष खनालले बताए ।

स्केटबोर्डमा स्ट्रिट र पार्क दुई विधामा खेल हुने भएपनि नेपालमा स्ट्रिट विधामा मात्र खेल हुँदै आएको छ । टाईम र ट्रिकको आधारमा यो खेल हुने अध्यक्ष खनालले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि जिल्ला छनोट गराएको र प्रदेश संघ मार्फत खेलाडीहरुले नाम दर्ता गराउनेछ ।

प्रतियोगिताको पुरुष तथा महिलातर्फ विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रोले १० नगद हजार पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगितामा विजेता हुने महिला र पुरुष खेलाडीलाई आगामी सेप्टेम्बरमा  इटलीमा आयोजना हुने विश्व स्केट च्याम्पियनसिपमा सहभागी गराउने संघले जनाएको छ ।

शुक्रबारैदेखि प्रतियोगिताका लागि खेलाडी दर्ता खुल्ला भएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.