भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि
काठमाडौंँ । भ्याली पब्लिक ‘ए’ र आयोजक एन्जल्स हार्टले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । भ्याली पब्लिक ‘ए’ सिनियर गर्ल्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भएका हुन् ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भएको सिनियर गर्ल्स फाइनलमा भ्याली पब्लिक ‘ए’ आफ्नै ‘बी’ टिमलाई २८–२० ले पराजित ग¥यो । विजेताकी लोरिशा गौचनले ९ अंक जोडिन् । ग्रिनल्यान्ड तेश्रो भयो ।
जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयलाई ३७–३१ ले हरायो । निर्धारित समयको खेल ३१–३१ को बराबरीमा सकिएको थियो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ स्कोर गरे । ग्रिनफिल्ड तेश्रो बन्यो ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा एन्जल्स हार्टका अदित पुन तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा किङडमका जिग्मे लामा तथा सिनियर गर्ल्र्समा भ्याली पब्लिक ‘ए’ की दृष्य गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्समा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणी लेख्नुहोस्