लेख विवरण

हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन

हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन

काठमाडौंँ । टाइम आउट नेपाल प्रथम हिसान तारर्केश्वर एसइइ कप थ्री एक्स थ्री छात्र बास्केटबलमा आइतबार च्याम्पियन बनेको छ ।

एन्जल्स हार्टमा आइतबार भएको फाइनलमा टाइम आउटले श्री युवा क्लबलाई १९–१५ ले पराजित ग¥यो । दुईदिनमा टाइम आउटको यो दोश्रो उपाधि हो । टाइम आउटले शनिबार लोयल्टी कप एसइइ छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

उपाधिसंगै टाइम आउटले १५ हजार तथा श्री युवा क्लबले १० हजार नगद पुरस्कार प्राप्त गरे । हिसान तार्केश्वर कमिटीद्वारा आयोजित दुईदिने प्रतियोगितामा ५० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको समापन कार्यक्रम एन्जल्स हार्टमै भएको थियो । विजेतालाई तार्केश्वर नगरपालिकाकी उप मेयर श्रृजना बुर्लाकोटी अर्याल, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.