टी–२० विश्वकप : अष्ट्रेलियालाई १४९ रनको लक्ष्य
काठमाडौंँ । टी–२० विश्वकप क्रिकेटको आठौं सुपर–८ खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ । किङ्सटाउनमा जारी खेलमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको छ ।
जवाफमा अस्ट्रेलियाले ६ ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको छ । पावरप्लेमा अस्ट्रेलियाले ३ विकेट गुमाएर ३३ रन बनाएको थियो । यो टी–२० विश्वकपको सबैभन्दा सानो पावरप्ले स्कोर हो।
छैटौं ओभरमा अस्ट्रेलियाको तेस्रो विकेट खसेको थियो । मोहम्मद नाबीले डेभिड वार्नरलाई आउट गरेका थिए । यसअघि नवीन उल हकले मिचेल मार्स र ट्राभिस हेडलाई आउट गरेका थिए ।
अस्ट्रेलियाका प्याट कमिन्सले यो विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक लिए । विश्वकपमा दुई ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले पछिल्लो खेलमा बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए । अफगानिस्तानविरुद्धको यो खेलमा उनले राशिद खान, करिम जनात र गुलबदिन नाइबलाई लगातार तीन बलमा आउट गरेका थिए।

टिप्पणी लेख्नुहोस्