यु–१४ गर्ल्स सिंगल्समा दृष्टिकालाई स्वर्ण
काठमाडौं । युनाइटेडकी दृष्टिका श्रेष्ठले १० औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१४ गर्ल्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा दृष्टिकाले स्वर्णिमकी सुप्रिया कपालीलाई ११–९, १२–१० र ११–६ को सोझो सेटमा पराजित गरिन् । प्रिमियरकी निभा प्रजापति र आरुणीकी इच्छा चापागाईं तेश्रो भए ।
गोरखनाथ माविको सहकार्यमा सोफेस नेपालद्वारा आयोजित प्रतियोगितामा विभिन्न ४४ विद्यालयका १ सय ७७ ब्वाइज र ७६ गल्र्स गरी जम्मा २ सय ५३ खेलाडी सहभागी छन् । ब्वाइज/गर्ल्स टिम इभेन्ट तथा यु–१२, यु–१४ र यु–१६ सिंगल्स गरी ८ स्पर्धा समावेश छन् । यु–१६ सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्