रुपसिंहलाई न्युजिल्याण्डमा स्वर्ण
काठमाडौं । रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् ।
न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि सुरु भएको प्रतियोगितामा रुपसिंहले भेट्रानतर्फको स्पेशल टेकनिक र प्याट्रनमा प्रतिस्पर्धा गरेका थिए । उनी प्याट्रन पाँचौं डानमा रजत पदक प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी छन् । तामाङ आईटीएफ तेक्वान्दो पाँचौं डान समेत हुन् ।

टिप्पणी लेख्नुहोस्