लेख विवरण

जिम्बाब्वे भ्रमणका लागि भारतीय टोली घोषणा, गिलले पहिलो पटक कप्तानी गर्ने

जिम्बाब्वे भ्रमणका लागि भारतीय टोली घोषणा, गिलले पहिलो पटक कप्तानी गर्ने

काठमाडौंँ । आगामी महिना हुने जिम्बाब्वे भ्रमणका लागि भारतीय टोली घोषणा गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सोमबार १५ सदस्यीय टोली घोषणा गरेको हो । यो टोलीले जुलाई ६ देखि १४ सम्म हरारे स्पोर्ट्स क्लबमा ५ टी–२० म्याचको सिरिज खेल्नेछ ।

जारी टी–२० विश्वकपमा ट्राभल रिजर्भ रहेका शुबमन गिललाई भारतीय टोलीको कप्तान बनाइएको छ, यद्यपि बोर्डले उपकप्तानको नाम भने घोषणा गरेको छैन । शुभमन गिल भारतका ४६ औं कप्तान बनेका छन् । उनी टी–२० फर्म्याटमा भारतीय टिमको १४ औं कप्तान हुनेछन ।

भारतीय टोलीले अन्तिम पटक सन् २०२२ मा जिम्बाब्वेको भ्रमण गरेको थियो ।

भारतीय टोलीः शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, ऋतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), नितिश रेड्डी, रायन पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.