लेख विवरण

अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौंँ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्टेडियममा राशिद खानको कप्तानीमा अफगानिस्तानले इतिहास रचेको छ । टोलीले बंगलादेशलाई पराजित गर्दै विश्वकप इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

अफगानिस्तानको जितसँगै अष्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ । सुपर–८ का ३ खेलमा अस्ट्रेलियाले एक मात्र जित निकाल्दै २ अंक जोडेको हो । अफगानिस्तानले २ खेलमा जित निकाल्दै ४ अंकका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना जुन २७ त्रिनिदादमा नेपाली समयअनुसार बिहान ६ः१५ बजे गर्नेछ । सोही दिन राति ८ बजे गुयानामा भारतले इंग्ल्याण्डसँग अर्को सेमिफाइनल खेल्नेछ ।

बंगलादेशविरुद्ध आजको खेलमा राशिद खानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । अफगानिस्तानले ११५ रनको लक्ष्य दिएको थियो । रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए ।

रन चेज गर्ने बंगलादेशी टोलीको विकेट झर्ने क्रम जारी रह्यो । लिटन दास एक्लै क्रिजमा संघर्ष गरिरहे । लिटनले अविजित रहँदै ४९ बलमा ५४ रन बनाए पनि अर्को छोरमा कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । बंगलादेश १०५ रनमा अलआउट भएको थियो ।

अफगानिस्तानका तीव्र गति बलर नवीन उल हकले १८ औं ओभरमा लगातार २ विकेट लिँदै खेल अफगानिस्तानको नाममा राखे । कप्तान राशिदले पनि ४ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.