लेख विवरण

डीएलएस विधि निर्माता फ्रान्क डकवर्थको निधन

डीएलएस विधि निर्माता फ्रान्क डकवर्थको निधन

काठमाडौंँ । डीएलएस विधि यो शब्द क्रिकेट म्याचको दौडान तपाईंले धेरै पटक सुन्नुभएको हुनुपर्छ। यो वर्षाबाट प्रभावित अन्तर्राष्ट्रिय क्रिकेट म्याचहरूको परिणाम गणना गर्न प्रयोग गरिन्छ। यो विधि पत्ता लगाउने फ्रान्क डकवर्थको मंगलबार निधन भएको हो । उनी ८४ वर्षका थिए ।

सन् १९९७ मा इङ्ल्यान्डका तथ्याङ्कविद् डकवर्थ र टोनी लुइसले यो विधि पत्ता लगाएका थिए, जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलो पटक १ जनवरी १९९७ मा जिम्बाब्वे र इङ्ल्यान्डबीचको खेलमा अपनाएको थियो । जिम्बाब्वेले उक्त खेल ७ रनले जितेको थियो । त्यसपछि सन् १९९९ को एकदिवसीय विश्वकपमा यसलाई पूर्ण रूपमा लागू गरिएको थियो। टोनी लुइसको पनि ४ वर्षअघि निधन भएको थियो ।

मंगलबार बिहान सोही डीएसएल पद्धतिमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

सन् २०१५ मा डकवर्थ लुइस सूत्रलाई डकवर्थ लुइस स्टर्न फर्मुलामा परिवर्तन गरिएको थियो। डकवर्थ र लुईसको अनुसन्धानमा युनिभर्सिटी अफ क्विन्सल्याण्डका प्रोफेसर स्टिभ स्टर्नले गरेको अनुसन्धानलाई पनि समावेश गरिएको थियो, जसमा टिमका लागि सुरुमा लक्ष्य पछ्याउने क्रममा विकेट बचाउनुका साथै तीव्र रन बनाउनु पनि समावेश थियो, जुन टी–२० खेल सुरु भएपछि महत्वपूर्ण बनेको थियो । यसपछि यसलाई डीएलको साटो डीएलएस विधि भनियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.