लेख विवरण

इङ्ल्यान्डका रोबिन्सनले बनाए लज्जास्पद कीर्तिमान

इङ्ल्यान्डका रोबिन्सनले बनाए लज्जास्पद कीर्तिमान

काठमाडौंँ । इङ्ल्यान्डका तीव्र गति बलर ओली रोबिन्सनले काउन्टी च्याम्पियनसिपमा लज्जास्पद कीर्तिमान बनाएका छन् । रोबिन्सनले प्रथम श्रेणी क्रिकेट इतिहासमै दोस्रो सबैभन्दा महंगो बलिङ गर्दै एक ओभरमा ४३ रन खर्चेका छन् । दायाँ हाते बलर रोबिन्सनले सन् २०२१ मा डेब्यु गरेयता इङ्ल्यान्डका लागि २० टेस्ट खेलिसकेका छन् । होभमा ससेक्सका लागि खेल्ने क्रममा उनले लेस्टरशायरविरुद्ध डिभिजन टू को खेलमा एक ओभर पुरा कुल नौ बल बलिङ गर्दै ४३ रन खर्चे ।

लेस्टरशायरका लागि लुइस किम्बरले रोबिन्सनको बलमा पाँच छक्का (तीन नोबल), तीन चौका र एक रन को मद्दतमा ४३ रन बनाए । किम्बरले ५६ बलमा ७२ रन बनाउँदा लेस्टरको दोस्रो इनिङ्सको ५९ औं ओभर थियो । टस जितेर पहिले ब्याटिङ गरेको लेस्टरशायरले ससेक्सलाई ४ सय ४६ रनको लक्ष्य दिएको थियो । रोबिन्सनको यो ओभर पूरा भएपछि किम्बरले ६५ बलमा अविजित १०९ रन बनाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.