लेख विवरण

महिला ट्वान्टी–२० एसिया कपका लागि नेपाली क्रिकेट टोली घोषणा

महिला ट्वान्टी–२० एसिया कपका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौंँ । साउन पहिलो सातादेखी श्रीलंकामा आयोजना हुने एसिसी महिला ट्वान्टी–२० एसिया कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज घोषणा गरेको टोलीको नेतृत्व नियमित कप्तान इन्दु बर्माले गर्नेछिन् । टोलीमा रुबिना क्षेत्री, कविता कुँवर, कविता जोशी, बिन्दु रावल, ममता चौधरी, कृतिका मरासैनी, सम्झना खड्का, काजल श्रेष्ठ, सीता राना मगर, रोमा थापा, डली भट्ट, राजमती ऐरि, शबनम राई र पुजा महतो रहेका छन् ।

साउन ५ देखि १३ गतेसम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपालले पहिलो खेल साउन ४ मा युएई विरुद्ध खेल्नेछ । त्यस्तै ६ गते पाकिस्तान र ८ गते भारत विरुद्ध खेल्नेछ । प्रतियोगिताका खेलहरु रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.