लेख विवरण

टी–२० विश्वकप दोस्रो सेमिफाइनल : इंग्ल्यान्डले टस जितेर बलिङ गर्दै

टी–२० विश्वकप दोस्रो सेमिफाइनल : इंग्ल्यान्डले टस जितेर बलिङ गर्दै

काठमाडौंँ । भारत र इंग्ल्यान्डबीच टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल बिहीबार गुयानास्थित प्रोभिडेन्स स्टेडियममा हुँदैछ । इंग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका छन् । दुवै टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

कप्तान रोहित शर्मा र विराट कोहलीले भारतीय इनिङ्सको सुरुआत गरेका छन् । बिहानदेखि परेको वर्षाका कारण मैदान भिजेको छ भने मैदान सुस्त छ । गुयानामा अझै वर्षाको सम्भावना रहेको छ ।

प्लेइङ ११ :

भारत : रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकीपर), सूर्यकुमार यादव, शिवम दुबे, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, अर्शदीप सिंह र जसप्रित बुमराह ।

इंग्ल्यान्ड : जोस बटलर (कप्तान), फिल साल्ट, मोइन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, आदिल राशिद, जोफ्रा आर्चर, रीस टोप्ले र क्रिस जोर्डन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.