अन्तराष्ट्रिय प्रतियोगितामा मुक्तानले निर्वाह गरे जुरीको भुमिका
काठमाडौंँ । भारतको गोवामा यही जुन २१ देखि २३ सम्म भएको ७ औँ एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अम्बर मुक्तानले जुरीको भुमिका निर्वाह गरेका छन् । उनी उक्त प्रतियोगिताको कान्छो जुरी समेत रहेका थिए ।
प्रतियोगितामा नेपालबाट धादिङ्का धन बहादुर गुरुङ र काठमाडौंका विष्णु खत्रीले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा जुरीको भुमिका निर्वाह गर्ने मुक्तान नागार्जुन नगरपालिका–७ स्थीत थ्री ब्रदर तेक्वान्दो डोजङका प्रमुख समेत हुन । उनका अनुसार प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, घाना र टोगो गरी ६ राष्ट्रको खेलाडीहरु सहभागी थिए ।
प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरु बिच मुख्य प्रतिस्पर्धा भएको थियो।

टिप्पणी लेख्नुहोस्