सातौ एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अमृतलाई स्वर्ण र रजत
काठमाडौंँ । भारतको गोवामा यही जुन २१ देखि २३ सम्म भएको ७ औँ एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अमृत तामाङले १ स्वर्ण र १ रजत पदक जितेका छन् । इन्डीयन तेक्वान्दो काउन्सिल द्वारा आयोजित प्रतियोगितामा अमृतले गुर्फ पुम्से २०–३० उमेर तर्फ स्वर्ण र केरुगि तर्फ रजत पदक जितेका हुन् ।
अमृतले नेपालबाट नागार्जुन नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी नागार्जुन नगर तेक्वान्दो विकास समितीका सचिव पनि हुन् ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, घाना र टोगो गरी ६ राष्ट्रका खेलाडीहरु सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्