लेख विवरण

टी–२० विश्वकप फाइनल : पावरप्लेमा रोहित, पन्त र सूर्य आउट

टी–२० विश्वकप फाइनल : पावरप्लेमा रोहित, पन्त र सूर्य आउट

काठमाडौंँ । टी–२० विश्वकपको फाइनलमा टस जितेर ब्याटिङ गरेको भारतीय टोलीले पावरप्लेमा तीन विकेट गुमाएको छ । भारतका लागि कप्तान रोहित शर्मा ९, ऋषभ पन्त शून्य र सूर्यकुमार यादव ३ रन बनाएर आउट भएका छन् ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ र कागिसो रबाडाले १ विकेट लिए । महाराजले दोस्रो ओभरमा रोहित र पन्तलाई प्याभिलियनको बाटो देखाए भने रबाडाले यो टी–२० विश्वकपमा पावरप्लेमा दक्षिण अफ्रिकाको लागि १८ औं विकेट लिए ।

अहिले भारतका विराट कोहली र अक्षर पटेल क्रिजमा छन् । अक्षरलाई हार्दिक पाण्ड्या अगाडि पठाइएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.