टी–२० विश्वकप फाइनल : केशव महाराजले एकै ओभरमा लिए रोहित र पन्तको विकेट लिए
काठमाडौंँ । टी–२० विश्वकपको फाइनलमा भारतले पहिले ब्याटिङ गरिरहेको छ । भारतीय टोलीले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।
भारतीय कप्तान रोहित शर्मा ९ रन बनाएर आउट भए । उनलाई केशव महाराजले आउट गरे । महाराजको पहिलो दुई बलमा रोहितले चौका प्रहार गरे । तेस्रो बल डट खेलेपछि रोहितले फ्ल्याट बल स्वीप गर्ने प्रयास गरे तर सर्ट लेगमा लागेर हेनरिक क्लासेनले समातेका थिए ।
ओभरको अन्तिम बलमा ऋषभ पन्त शून्य रनमा आउट भए । उनी पनि स्वीप खेल्ने क्रममा आउट भए । उनलाई विकेटकिपर डी ककले क्याच आउट गरे ।

टिप्पणी लेख्नुहोस्