लेख विवरण

टी–२० विश्वकप फाइनल : भारतलाई चौथो झटका, अक्षर पटेल रन आउट

टी–२० विश्वकप फाइनल : भारतलाई चौथो झटका, अक्षर पटेल रन आउट

काठमाडौंँ । टी–२० विश्वकपको फाइनलमा भारतले पहिले ब्याटिङ गरिरहेको छ । टोलीले १४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ । अहिले विराट कोहली र शिवम दुबे क्रिजमा छन् । १४ औं ओभरमा अक्षर पटेल ४७ बनाएर रनआउट भएका छन् । यसअघि विराट र अक्षरबीच ७२ रनको साझेदारी भएको थियो ।

यसअघि भारतीय कप्तान रोहित शर्मा ९ र ऋषभ पन्त शून्य रनमा आउट भए ।

पावरप्लेमा दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले रोहित शर्मा र ऋषभ पन्तको विकेट लिए । रबाडाले सूर्यकुमारलाई प्याभिलियन पठाए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.