टी–२० विश्वकप फाइनल : भारतद्धारा दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य
काठमाडौँ । टी- २० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।
भारतका लागि विराट कोहलीले सर्बाधिक ७६ रन बनाए । त्यस्तै अक्सर पटेलले ४७, शिभम दुवेले २७ रन बनाए ।
त्यस्तै कप्तान रोहित शर्माले ९, ऋषव पन्त शुन्य, सूर्यकुमार यादव ३, हार्दिक पाण्डेयले ५ र रविन्द्र जडेजाले २ रन बनाए ।
पावरप्लेमा भारतको ३ विकेट खसेपछि विराट कोहलीले ७६ र अक्षर पटेलले ४७ रन बनाए । यी दुईबीच ७२ रनको साझेदारी भयो । त्यसपछि विराट र शिवम दुबेबीच ५० रनको साझेदारी भयो । दुबेले १६ बलमा १७० को स्ट्राइक रेटमा २७ रनको इनिङ खेले।
त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरीच नोकिया र केशव महाराजले २-२ विकेट लिए भने मार्को जानसेन र कागीसो रबाडाले एक एक विकेट लिए ।
अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । यस प्रतियोगितामा भारत र दक्षिण अफ्रिका अपराजेय रहेका छन् । प्रतियोगितामा अपराजित रहने टोलीले पहिलो पटक उपाधि उचाल्ने छ ।

टिप्पणी लेख्नुहोस्