टी–२० विश्वकप फाइनल : लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको दोस्रो विकेट खस्यो
काठमाडौंँ । टी–२० विश्वकप फाइनलमा १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १२ रनमा २ विकेट गुमाएको छ । अहिले क्विन्टन डी कक र ट्रिस्टन स्टब्स क्रिजमा छन् । ३ ओभरपछि अफ्रिकी टोलीको स्कोर १४-२ भयो।
रिजा हेन्ड्रिक्स र कप्तान एडेन मार्कराम ४–४ रन बनाएर प्याभिलियन फर्किए । भारतका बुमराह र अर्शदीपले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको थियाे ।
भारतका लागि विराट कोहलीले सर्बाधिक ७६ रन बनाए । त्यस्तै अक्सर पटेलले ४७, शिभम दुवेले २७ रन बनाए ।
कप्तान रोहित शर्मा ९, ऋषव पन्त शुन्य, सूर्यकुमार यादव ३, हार्दिक पाण्डेय ५ र रविन्द्र जडेजाले २ रन बनाए ।
दक्षिण अफ्रिकाका बलर एनरीच नोकिया र केशव महाराजले २-२ विकेट लिए भने मार्को जानसेन र कागीसो रबाडाले एक एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्