लेख विवरण

टी–२० विश्वकप फाइनल : लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको पहिलो विकेट खस्यो

टी–२० विश्वकप फाइनल : लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको पहिलो विकेट खस्यो

काठमाडौंँ । टी–२० विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । रन पछ्याएको दक्षिण अफ्रिकाको पहिलो विकेट खसेको छ । रिजा हेन्ड्रिक्स ४ रन बनाएर प्याभिलियन फर्किए ।

क्विन्टन डी कक र कप्तान एडन मार्कराम अहिले क्रिजमा छन्।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले सर्बाधिक ७६ रन बनाए । त्यस्तै अक्सर पटेलले ४७, शिभम दुवेले २७ रन बनाए ।

त्यस्तै कप्तान रोहित शर्माले ९, ऋषव पन्त शुन्य, सूर्यकुमार यादव ३, हार्दिक पाण्डेयले ५ र रविन्द्र जडेजाले २ रन बनाए ।

पावरप्लेमा भारतको ३ विकेट खसेपछि विराट कोहलीले ७६ र अक्षर पटेलले ४७ रन बनाए । यी दुईबीच ७२ रनको साझेदारी भयो । त्यसपछि विराट र शिवम दुबेबीच ५० रनको साझेदारी भयो । दुबेले १६ बलमा १७० को स्ट्राइक रेटमा २७ रनको इनिङ खेले।

त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरीच नोकिया र केशव महाराजले २(२ विकेट लिए भने मार्को जानसेन र कागीसो रबाडाले एक एक विकेट लिए ।

अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । यस प्रतियोगितामा भारत र दक्षिण अफ्रिका अपराजेय रहेका छन् । प्रतियोगितामा अपराजित रहने टोलीले पहिलो पटक उपाधि उचाल्ने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.