लेख विवरण

टी–२० विश्वकप फाइनल : क्लासनको अर्धसतक पुरा, २३ बलमा बनाए ५० रन

टी–२० विश्वकप फाइनल : क्लासनको अर्धसतक पुरा, २३ बलमा बनाए ५० रन

काठमाडौंँ । टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको स्कोर १५ ओभरमा ४ विकेट गुमाएर १४७ रन रहेको छ । टोलीका लागि डेभिड मिलर र हेनरिक क्लासेन क्रिजमा छन् । क्लाउसेनले २३ बलमा ५० रन बनाए । उनले अक्षर पटेलको ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै अर्धसतक पुरा गरे ।

भारतका जसप्रित बुमराहले रिजा हेन्ड्रिक्स र रशदीपले एडेन मार्करामलाई आउट गरे । अक्षर पटेलले ट्रिस्टन स्टब्स र डी ककलाई आउट गरे।

यसअघि बार्बाडोसको मैदानमा भारतले पहिले ब्याटिङ रोजेको थियो । कप्तान रोहित शर्मा, ऋषभ पन्त र सूर्यकुमारको विकेट पावरप्लेमा नै खसेका थिए । कोहलीले ७२ रन र अक्षर पटेलले ४७ रनको इनिङ खेले । शिवम दुबेले तीव्र गतिमा २७ रन बनाएर स्कोर १७६ मा पुर्याए ।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज र एनरिक नोर्त्याले २–२ विकेट लिए । कागिसो रबाडा र मार्को जान्सनले एक–एक विकेट लिए ।

 

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.