टी–२० विश्वकप फाइनल : क्लासन २७ बलमा ५२ रन बनाएर आउट
काठमाडौंँ । टी–२० विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको स्कोर १६.१ ओभरमा ५ विकेट गुमाएर १५१ रन रहेको छ । टोलीका डेभिड मिलर र मार्को यान्सन अहिले क्रिजमा छन् ।
हार्दिक पाण्ड्याले हेनरिक क्लासेनलाई विकेटकिपर ऋषभ पन्तको हातमा क्याच आउट गराए। क्लासनले २७ बलमा ५२ रन बनाए । उनले अक्षर पटेलको बलमा २ छक्का र २ चौका प्रहार गर्दे अर्धसतक बनाइका थिए ।
जसप्रित बुमराहले रिजा हेन्ड्रिक्स र रशदीपले एडेन मार्करामलाई आउट गरेका थिए । अक्षरले ट्रिस्टन स्टब्स र डी ककलाई आउट गरे।
यसअघि बार्बाडोसको मैदानमा भारतले पहिले ब्याटिङ रोजेको थियो । रोहित शर्मा, ऋषभ पन्त र सूर्यकुमारको विकेट पावरप्लेमा नै खसेका थिए । कोहलीले ७२ रन र अक्षर पटेलले ४७ रनको इनिङ खेले । शिवम दुबेले तीव्र गतिमा २७ रन बनाएर स्कोर १७६ मा पुर्याए ।
दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज र एनरिक नोर्त्याले २–२ विकेट लिए । कागिसो रबाडा र मार्को जान्सनले एक–एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्