लेख विवरण

टी–२० विश्वकप फाइनल : भारतलाई तेस्रो सफलता डि कक ३९ रनमा आउट

टी–२० विश्वकप फाइनल : भारतलाई तेस्रो सफलता डि कक ३९ रनमा आउट

काठमाडौंँ । टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १२.३ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाएको छ ।

दोस्रो ओभरमा भारतका जसप्रित बुमराहले रिजा हेन्ड्रिक्सलाई र तेस्रो ओभरमा अर्शदीपले एडेन मार्करामलाई आउट गरे। अक्षरले ट्रिस्टन स्टब्सलाई प्याभिलियन पठाए । अर्शदीपले १३ औं ओभरमा डि ककलाई आउट गरे।

यसअघि बार्बाडोसको मैदानमा भारतले पहिले ब्याटिङ रोजेको थियो । रोहित शर्मा, ऋषभ पन्त र सूर्यकुमारको विकेट पावरप्लेमा खसेको थियो । कोहलीले ७२ रन र अक्षर पटेलले ४७ रनको इनिङ खेले । शिवम दुबेले तीव्र गतिमा २७ रन बनाएर स्कोर १७६ मा पुर्याए ।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज र एनरिक नोर्त्याले २–२ विकेट लिए । कागिसो रबाडा र मार्को जान्सनले एक–एक विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.