वेस्ट इन्डिजविरुद्ध पहिलो दुई टेस्टका लागि इंग्ल्याण्डको टोली घोषणा
काठमाडौंँ । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको पहिलो दुई टेस्टका लागि बेन स्टोक्सको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
पहिलो खेलपछि सन्यास लिन लागेका तीव्र गतिका बलर जेम्स एन्डरसनले लर्ड्समा हुने पहिलो टेस्टमा मात्र खेल्ने छन् ।
काउन्टी च्याम्पियनसिपमा नटिंघमशायर र सरेबाट उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर डिलन पेनिंगटन र विकेटकिपर ब्याट्सम्यान जेमी स्मिथले पहिलो पटक इंग्ल्यान्डको टेस्ट टोलीमा स्थान बनाएका छन् ।
इंग्ल्यान्डले एन्डरसन, पेनिंगटन, म्याथ्यु पोट्स, गस एटकिन्सन र क्रिस वोक्ससहितका तीव्र गतिका बलरहरुलाई छनोट गरेको छ । गतबर्ष जुलाईमा अस्ट्रेलियाविरुद्धको एशेज शृंखलामा प्लेयर अफ द सिरिज को उपाधि जितेका वोक्सले पछिल्लो पटक सन् २०२३ मा टेस्ट म्याच खेलेका थिए । इंग्ल्यान्डका लागि अफ स्पिनर शोएब बशीरले मुख्य स्पिनरको भूमिका निर्वाह गर्नेछन् ।
इंग्ल्याण्डको टोली : बेन स्टोक्स (कप्तान), जेम्स एन्डरसन, गस एटकिन्सन, शोएब बशीर, ह्यारी ब्रुक, ज्याक क्राउली, बेन डकेट, ड्यान लाभरेन्स, डिलन पेनिंगटन, ओली पोप, म्याथ्यु पोट्स, जो रुट, जेमी स्मिथ र क्रिस वोक्स ।

टिप्पणी लेख्नुहोस्