लेख विवरण

उर्जन श्रेष्ठ यू–२० टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

उर्जन श्रेष्ठ यू–२० टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौंँ । उर्जन श्रेष्ठ राष्ट्रिय यू–२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे ।

राईले सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका शशिन्द्र धिमाल र राजु सिंहलाई पनि पत्र हस्तान्तरण गरेका छन् ।

एन्फाका उपाध्यक्ष दावा लामाको उपस्थितिमा नियुक्तिलाई औपचारिकता दिइएको हो । कोचिङ टोलीले अब आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयार गर्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खेलाडी छनोट भइरहेको छ । केन्द्रीय छनोटमा करिब चार सय खेलाडीले भाग लिएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.