लेख विवरण

हिल्टन अमेरिकी सिनियर र यू–१९ महिला टोलीको प्रशिक्षकमा नियुक्त

हिल्टन अमेरिकी सिनियर र यू–१९ महिला टोलीको प्रशिक्षकमा नियुक्त

काठमाडौंँ । हिल्टन मुरिङ अमेरिकाको सिनियर र यू–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनले शिवनारायण चन्द्रपालको स्थान लिएका छन्, जसको सम्झौता सन् २०२३ मा समाप्त भएको थियो ।

उनले दक्षिण अफ्रिकाको महिला टोलीलाई ११ वर्ष प्रशिक्षण दिएका थिए भने यसै वर्षको मार्चमा राजीनामा दिएका थिए । उनको निर्देशनमा दक्षिण अफ्रिका दुई पटक एकदिवसीय विश्वकपको सेमिफाइनल र दुई पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको थियो । यस्तै घरेलु मैदानमा सन् २०२३ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकी टोली पहिलो पटक फाइनलमा पुगेको हो ।

चन्द्रपाल नियुक्त हुनुअघि अस्ट्रेलियाकी पूर्व क्रिकेटर जुलिया प्राइस सन् २०१९ देखि २०२२ सम्म टोलीको प्रशिक्षक थिइन् ।

मुरिङको पहिलो काम सन् २०२५ मा हुने यू–१९ महिला टी–२० विश्वकपका लागि टोली तयार पार्नु हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.