जिम्बाब्वेसँग भारतको लज्जास्पद हार
काठमाडौंँ । टी–२० विश्वकपपछि भएको पहिलो खेलमा भारतले जिम्बावेसँग लज्जास्पद हार बेहोरेको छ । हरारेमा भएको ५ टी–२० सिरिजको पहिलो खेलमा जिम्बाब्वेले १३ रनले जित हात पारेको छ । टोलीको जितमा कप्तान सिकन्दर रजा र तेन्दाई चताराले ३–३ विकेट लिए । हरारे स्पोर्ट्स क्लबमा भारतीय टोलीले ११६ रनको लक्ष्य पछ्याउन सकेन ।
शनिबार भारतले टस जितेर फिल्डिङ रोजेको थियो । जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । विकेटकिपर क्लाइभ मडान्डेले अविजित २९ रन बनाए, उनले तेन्डाई चतरासँग १० औं विकेटका लागि २५ रनको महत्वपूर्ण साझेदारी गरे ।
भारतीय टोली १९.५ ओभरमा १०२ रन बनाएर अलआउट भयो। कप्तान शुभमन गिलले सर्वाधिक ३१ रन बनाए । अन्ततः वासिङ्टन सुन्दर २७ रन बनाएर आउट भए । आवेश खानले १६ रनको योगदान दिए । बाँकी ८ ब्याट्सम्यान मध्ये कुनैले पनि ७ रन भन्दा बढी बनाउन सकेनन् ।
खेलको प्लेयर अफ द म्याच जिम्बाब्वेका कप्तान सिकन्दर रजा भए । उनले दोहोरो प्रदर्शन गरे । रजाले १९ बलमा १७ रन बनाए । त्यसपछि उनले ४ ओभरमा २५ रन दिएर ३ विकेट पनि लिए ।

टिप्पणी लेख्नुहोस्