जिम्बाब्वेका बलरले विकेट लिएपछि किन जुत्ता फुकालेर कानमा राख्छन्? यस्तो छ कारण
काठमाडौंँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको क्रममा क्रिकेट मैदानमा विभिन्न किसिमका रोचक दृश्यहरू देखा पर्ने गर्छन । हरारेमा जारी भारत र जिम्बाब्वेबीच पाँच खेलको टी–२० सिरिजको पहिलो खेलमा शनिबार यस्तै दृश्य देखियो । भारतीय विकेटकिपर ध्रुव जुरेलको विकेट लिएपछि जिम्बाब्वेका बलर लुक जोङवेले अनौठो सेलिब्रेसन गरेका छन् । उसले जुत्ता फुकालेर कानमा राख्दै कसैलाई बोलाएको जस्तै गरे । लुकको यो अनौठो सेलिब्रेसनको पछाडि एउटा रोचक रहस्य रहेको छ। आउनुहोस् आज हामी तपाईलाई यो रहस्यको बारेमा बताउँछौं ।
यसअघि पनि लुकले विभिन्न खेलहरुमा विकेट लिएपछि यसरी सेलिब्रेसन गरेका थिए । दक्षिण अफ्रिकाका बलर तबरेज शम्सीले पनि यसरीनै सेलिब्रेट गर्ने गरेका छन् । मैदानको वातावरणलाई रमाइलो बनाउन शम्सीले यस्तो गरे पनि जोङवेको कारण अर्कै छ ।
केही समय अघि जोङवेले खुलासा गरे अनुसार उनी एक दिन प्रेमिका ब्रेन्डा जैससँग कुरा गरिरहेका थिए । त्यही बेला यसरी सेलिब्रेसन गर्ने विचार उनको दिमागमा आयो । "हामी दुवै जना यसै बिषयमा कुरा गरिरहेका थियौं कि यदि मैले अर्को दिन विकेट लिएँ भने कसरी सेलिब्रेसन गर्ने। त्यही बेला मैले जुत्ता फुकालेर कानमा राख्दै सेलिब्रेसन गर्ने निर्णय गरें।" मैले मेरी प्रेमिकालाई भनेँ– जब म विकेट लिन्छु, म तिमीलाई फोन गर्छु । मलाई आशा छ कि मेरो एयरटाइम समाप्त हुँदैन। अर्थात् जब लुकले विकेट लिन्छ, उनले आफ्नी प्रेमिकालाई फोन गरेर विकेट लिएको बारे बताउँछन । यद्यपि यो प्रतीकात्मक मात्र हो, तर लुक यसो गरेर चर्चित भएका छन्।

टिप्पणी लेख्नुहोस्