टेबलटेनिसमा डिगम र लालीलाई स्वर्ण
काठमाडौं । डिगमसिंह चेम्जोङ र लाली तामाङले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा टेबलटेनिसमा शनिबार स्वर्ण जितेका छन् । व्हीलचेयरको सिंगल्सतर्फ पुरुषमा डिगम र महिलामा लाली पहिलो भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल शारीरिक अपाङ्ग टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुषमा अर्पण सुनुवार दोश्रो तथा केशव थापा र विरु ढुंगाना तेश्रो भए । महिलामा सोनिका ढकाल दोश्रो तथा संगिता माझी र धनकुमारी घर्ती तेश्रो बने ।
जोरपाटीमा भएका प्रतियोगिताको स्टेन्डिङतर्फ पुरुष सिंगल्समा विवेक राईले स्वर्ण, स्वीकृत न्यौपानेले रजत तथा सुशिल गौतम र मिलन पौडेलले कांस्य जिते । सो स्पर्धाको महिलामा पूजा सोती पहिलो, विनिता मगर दोश्रो तथा हरिकला भण्डारी र अनु थापा तेश्रो स्थानमा रहे । प्रतियोगितामा ७५ खेलाडी सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्