लेख विवरण

साइक्लिङमा लोकराज र सागर पहिलो

साइक्लिङमा लोकराज र सागर पहिलो

काठमाडौं । लोकराज शाही र सागर ढकालले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । एम्पुटीमा लोकराज तथा होचा/पुड्कामा सागर पहिलो भएका हुन् ।

बूढानीलकण्ठमा भएको प्रतियोगतिाको एम्पुटीमा गोपाल मोक्तानले रजत तथा वीरेन्द्र मुसरले कांस्य जिते । होचा/पुड्कामा श्यामकुमार पण्डित क्षेत्रीले रजत तथा लालबहादुर खत्रीले कांस्य हात पारे । राष्ट्रिय खेलकुद परिषद्  (राखेप) को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा भएको प्रतियोगितामा २ स्पर्धामा ३१ खेलाडी सहभागी थिए । पुरुष/महिला सम्मिलित दुवै स्पर्धामा खेलाडीले ३.५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, आयोजक संघका अध्यक्ष प्रकाश चिलुवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.