लेख विवरण

साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग भिड्ने

साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग भिड्ने

काठमाडौंँ । साफ यू–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । काठमाडौंमा आयोजना हुने प्रतियोगिताको पहिलो खेल (अगस्ट १८)मा आयोजक नेपाललले श्रीलंकाको सामना गर्नेछ । सोही दिन हुने दोस्रो खेलमा भुटान र भारत भिड्ने छन् ।

नेपाल रहेको समूहमा श्रीलंका र बंगलादेश रहेका छन्। अर्को समूहमा भारत, माल्दिभ्स र भुटान रहेका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ)का अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

प्रतियोगिता अगस्ट १८ देखी २८ सम्म दशरथ रंगशालामा आयोजना हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.